arrow

निर्वाचनका लागि दल दर्ता आजबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
election-commission-head-office-building-2022.jpg

काठमाडौँ । सरकारले सङ्घ र प्रदेश निर्वाचनको घोषणा गरेसँगै आजदेखि राजनीतिक दल दर्ता प्रक्रिया सुरु हुँदै छ । निर्वाचन आयोगले आजदेखि दल दर्ताको काम सुरु गर्दैछ ।  साउन ३१ गतेसम्म निर्वाचन आयोगको कार्यालयमा दल दर्ता हुनेछ। 

सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य छानिनेछन् । 

दल दर्ताका लागि निवेदन, राजनीतिक दलको  विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ