arrow

जापानमा शक्तिशाली समुन्द्री आँधीका कारण ११ को मृत्यु, ३ जना अझैं बेपत्ता

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
Japan_Typhoon.jpeg
एजेन्सी। जापानको उत्तरपूर्वी एक भुभागमा आएको समुन्द्री आँधीका कारण ११ जनाको ज्यान गएको छ । थप ३ जना अझै बेपत्ता रहेको त्यहाँका स्थानिय मिडियालाई उद्रित गर्दे चिनियाँ समाचार संस्था सिन्वाले जनाएको छ ।
 
मृत्यु हुनेहरू मध्ये ९ जनाको शव उत्तरपूर्वी भुभागको वाइजुमी सहरस्थित एक नर्सिङ होम नजिक फेला परेको स्थानिय प्रहरीले जनाएको छ ।  
 
भूमिसुधार मन्त्रीका अनुसार मंगलबारको भारि वर्षाले ओमोतोगावा नदीको किनार फुटेका कारण सो मानवीय क्षति हुन पुगेको बताएका छन् । 
 
८० भन्दा बढी मानिसलाई हवाई उद्दार गरि सुरक्षित स्थानमा लगिएको छ । 
 
सो आँधीका कारण हवाई यातायातमा समेत अवरोध पुगेको थियो । १ सय बढी उडान रोकिएपछि यात्रुहरूले निकै सास्ती खेप्नु परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ