arrow

आजबाट दल दर्ता कार्यक्रम, एक नम्बरमा जनमत पार्टी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
election-commission-party-registration.jpg

काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको छ। आउँदो ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको हो।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ।

पार्टी उपाध्यक्ष वसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ