arrow

परीक्षणको २२ प्रतिशत बढीमा कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
corona-omicron-nepal.jpg

काठमडौं । कोरोना भाइरसको चौथो लहर तीव्र रुपमा बढिरहेको छ । आइतबार थप ५५३ संक्रमित थपिएका छन् । २०४० पीसीआर परीक्षणबाट ४५१ तथा १७४९ एन्टिजेन परीक्षणबाट १०२ जना संक्रमित पाइएका हुन् । 

पीसीआर परीक्षणको २२.२ प्रतिशत संक्रमित पाइएका हुन् । अर्थात् संक्रमण दर बढ्दो क्रममा रहेको छ । 

४३३ जना संक्रमणमुक्त हुँदा १६ हजार ९६४ जनाले खोप लगाएका छन् । आइतबार कसैको मृत्यु भएन । हाल सक्रिय संक्रमित बढेर ५ हजार ६५९ पुगेका छन् । 

जसमा काठमाडौं जिल्लामा मात्रै ३ हजार १० जना रहेका छन् । त्यस्तै ललितपुरमा ७७८ तथा भक्तपुरमा ९६ जना रहेका छन् । 

४५ जनाको आईसीयूमा तथा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ