arrow

भागेर दोश्रो विवाह गर्न ६ महिनाकी छोरीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
Laxmi Rana.jpg

पोखरा । आफ्नै ६ महिनाकी छोरीको हत्या आरोपमा स्याङ्जाकी एक महिलासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका वडा नं. २ इलुङ्गाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका वडा नं. १० कुमाल गाउँका २२ वर्षका केदार कुमाल रहेका छन् ।

लक्ष्मीले केदारसंग भागेर दोश्रो विवाह गर्नका लागि छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । ती महिलाले साउन १० गते घर नजिकैको अस्थायी शौचालयको खाल्टोमा फालेर छोरीको हत्या गरेको बताइएको छ ।  

लक्ष्मी घरमा कसैलाई पनि खबर नगरि छोरीसहित सम्पर्कविहीन भएको भन्दै ससुराले साउन १२ गते प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार प्रहरीले खोजी गर्नेक्रममा केदारसंग भागेर विवाह गरेको भन्ने सूचना प्राप्त गर्यो । त्यसपछि दुवै जनाको खोजी गर्नेक्रममा प्रहरीले साउन २० गते दिउसो १ बजे गल्याङ नगरपालिका वडा नं. ३ गल्याङ बजारबाट उनीहरुलाई पक्राउ गरिएको खनालले बताए । 

पक्राउ परेकामाथि सोधपुछ र अनुसन्धान गर्नेक्रममा लक्ष्मीले शौचालयको खाल्डोमा फालेर छोरीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । शौचालयको खाल्डोबाट नाबालिकाको शव सडेगलेको अवस्थामा फेला परेको उनीहरु दुवै विरुद्ध ज्यान सम्बन्धित मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ