arrow

चढ्दो क्रममा कोरोना

एकैदिन नाै सय चाैतीस संक्रमित थपिए, एककाे मृत्यु

हालसम्म कोरोनाबाट ११,९७२ को मृत्यु, ५,६८६ जना संक्रमणको अवस्थामा, सतचालीस आईसीयूमा, तीन भेन्टिलेटरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
corona-virus-covid-19.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोभिड १९ पुष्टि भएको छ । यस अवधिमा २८६२ जनाको पीसीआर र २४८९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गर्दा पीसीआरबाट ४९८ र एन्टीजेनबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो । 

यस अवधिमा ४७० जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् । यस्तै एक जना संक्रमितको मृत्यु भएको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ । संक्रमितमध्ये एक सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै सतचालीस आईसीयूमा र तीन भेन्टिलेटरमा रहेर उपचाररत छन् ।

देशमा ११ हजार ९ सय ७२ जनाको कोभिड१९का कारण निधन भइसकेको छ ।

हालसम्म ९ लाख ९० हजार ६ सय २५ जनामा संक्रमण पुष्टि भएको छ भने ९ लाख ७२ हजार ९ सय ६७ जना निको भइसकेका छन् । एन्टीजेन विधिबाट १ लाख ४५ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।



नयाँ