arrow

आमसञ्चार विधेयक पत्रकारमैत्री हुन्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
krishna chandra nepali pokhrel.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् ।

नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको बताए ।

सञ्चारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावकारुपमा लिएको तर सामाजिक सञ्जालमा गरिने टिकाटिप्पणी मर्यादा विपरीत रहने गरेको बताए ।

उनले गण्डकी प्रदेशमा यातायात, मालपात लगायतका कर वृद्धि सम्बन्धमा भएको टिकाटिप्पणीबारे त्यसबारे सच्चाएर सरकार अघि बढेको बताए । उनले करका आएका टीकाटिप्पणीलाई मन्त्रालगयत छलफल गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।

नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले सम्मानपत्रसहित सम्मान गरे ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारको पक्षमा युनियनले काम गर्ने बताए ।

सरकारले तोकेको न्युनतम तलबले पत्रकारलाई नपुग्ने भन्दै उनले यसको पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरे ।

ठूला संचारमाध्यममा काम गर्ने पत्रकार र साना संचारमाध्यममा काम गर्ने पत्रकारलाई सरकारले एउटै नीतिले हेर्नुपर्ने बताए । उनले संगठनले कसैलाई काखा कसैलाई पाख नगर्ने समेत सुझाव दिए ।

नेपाली काग्रेसका गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले लोकतन्त्रको पक्षमा लडेका सञ्चारमाध्यम र पत्रकारलाई रक्षा गर्ने दायित्व सरकारको हुने बताए ।

युनियनका उपाध्यक्ष नकुल अर्याल, ऋषिकान्त पौडेल र महासचिव दिलिप पौडेलले पत्रकारलाई व्यवसायी बन्न आग्रह समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले पार्टी र युनियनका पत्रकारबीचको दूरी टाढा रहेको र यसलाई नजिक पार्नुपर्ने बताए ।

प्रेस युनियन कास्कीका कार्यवाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रदीप पौडेल र सह-सचिव ज्योति हमालले पनि बोलेका थिए ।

सो अवसरमा युनियनका सदस्य हरि भट्टराईले रचना गरेको नेपाल विज्ञान तथा प्रविधि ‘नाष्ट’को नाष्ट गानका लागि सर्वोत्कृष्ट भई पुरस्कृत भएकोमा उनलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ