arrow

ज्येष्ठ नागरिकको सम्मानजनक व्यवहार गर्न शिवाकोटी बंश अद्ययन प्रतिष्ठानको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
shiwakoti-bamsha.jpg

काठमाडौं । शिवाकोटी बंश अद्ययन प्रतिष्ठानले ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप र अनुभवको हस्तान्तरणका लागि अनुकूल वातावरण सिर्जना गर्न सामूहिक प्रयास गर्न सबैलाई आग्रह गरेको छ । 

शिवाकोटी बंश अध्ययन प्रतिष्ठानले सबै नेपाली ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु र सम्मानजनक जीवनको कामना गर्दै ज्येष्ठ नागरिक अनुभव र ज्ञानको भण्डार भएको जनाएको छ । 

प्रतिष्ठानले ज्येष्ठ नागरिकको उचित संरक्षण र सम्मानजनक जीवनयापनका लागि आफूहरुको अभियानले सबैलाई प्रेरणा मिलोस् भन्दै ‘प्रचलित कानूनी व्यवस्था र नीतिको प्रभावकारी कार्यान्वयन गरी ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार र उनीहरुको सहज जीवनयापनका लागि ठोस पहल गर्न आग्रह गरेको छ । 

शिवाकोटी बंश अध्ययन प्रतिष्ठानले गत वर्षदेखि ९० वर्षमाथिका आमाबुवाको सम्मान गर्न थालेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ