arrow

निर्वाचन कार्यतालिका

असोज २३ मा उम्मेदवारी दर्ता, २८ देखि मतपत्र छपाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
election-commission-head-office-building-2022.jpg
फाइल तस्बिर

काठमाडौँ ।  प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन असोज २३ मा शुरु हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार असोज २३ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । 

आयोगले असोज २६ गते अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ।  त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । 

असोज २७ देखि मंसिर १ सम्म प्रचारप्रसार गर्न आयोगले समय छुटाएको छ । सोही समय असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई  निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । 

त्यसअघि असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाएको छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । 

कार्यपालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना हुनेछ । आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ