arrow

अमेरिकास्थित गुगल साइटमा विष्फोट, ३ जना गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
google-hq.jpg

काठमाडौं । अमेरिकाको आयोवास्थित गुगल साइटमा विष्फोट हुँदा ३ जना गम्भीर घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको आयोवा काउन्सिल ब्लफ्सस्थित गुगल डाटा साइटमा विद्युतीय गडबडीका कारण घटना हुँदा तीन बिजुलीकर्मी गम्भीर घाइते भएको क्षेत्रीय प्रहरी विभागले जनाएको हो ।

घटना स्थानीय समय अनुसार सोमबार दिउँसो भएको हो । गुगलका प्रवक्ता डेभन स्माइलीले एसएफजीएटीई समाचारलाई सबै कामदारहरूको स्वास्थ्य र सुरक्षा हाम्रो पूर्ण सर्वोच्च प्राथमिकता भएको बताउँदै आफ्ना साझेदार र स्थानीय अधिकारीहरूसँग मिलेर परिस्थितिको राम्ररी अनुसन्धान गर्न र आवश्यकता अनुसार सहयोग उपलब्ध गराउन काम गरिरहेको बताएका छन् ।

बिहान ४ बजेतिर गुगलमा विश्वभरका लगभग हजारौं प्रयोगकर्ताहरूले डाउन डिटेक्टरमा गुगल सर्च इन्जिनमा समस्या देखिएको रिपोर्ट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ