arrow

चौथो लहरको कहर

एकैदिन एघार सय कोरोना संक्रमित थपिए, दुईको मृत्यु

आईसीयूमा उपचाररत बढेर ६१ पुगे, थप गम्भीर सात जना भेन्टिलेटरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
corona-omicron-nepal.jpg

काठमाडौं । मंगलबार एकैदिन एघार सयको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन एक हजार ९० संक्रमित थपिएको जनाएको हो । 

२ हजार ९५८ पीसीआर परीक्षणबाट ५६० तथा ३ हजार ३४२ एन्टिजेन परीक्षणबाट ५३० संक्रमित पाइएका हुन् । 

मात्र ४३८ संक्रमितलाई निको भएको छ । थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ हजार ९७४ पुगेको छ । 

सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगिसकेको छ । 

उपत्यकामा सक्रिय संक्रमित ह्वात्तै बढेका छन् । काठमाडौंमा ३ हजार ३८ पुगेका छन् । ललितपुरमा ८२९ तथा भक्तपुरमा १०१ पुगेका छन् । 

२१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आईसीयूमा उपचाररतको संख्या बढेर ६१ पुगेको छ । त्यस्तै भेन्टिलेटरमा रहनेको संख्या बढेर ७ पुगेको छ । 

योसँगै चौथो लहरले थप समस्यामा पार्ने देखिएको छ । सोही अनुसारको सचेतना भने अपनाएको पाइँदैन । 



नयाँ