arrow
ADVERTISEMENT

श्रीलंकामा बिजुलीको महसुल दर २६४ प्रतिशतले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
srilanka-oil-crisis.jpg
फाइल तस्बिर

काठमाडौं । श्रीलंकाको राज्य सञ्चालित सिलोन विद्युत बोर्ड (सीईबी) ले न्यून विद्युतको खपत गर्ने मानिसहरूका लागि २६४ प्रतिशतले महसुल दर बढाएको छ । तर ठूला विद्युत खपत गर्नेहरुका लागि भने सानो वृद्धि तय गरेको छ ।

घाटामा रहेको सिलोन विद्युत बोर्डले ६१ करोड ६० लाख अमेरिकी डलर बराबरको घाटाको अंश पूर्ति गर्ने उद्देश्यले बुधबारदेखि लागु हुने गरी ९ वर्षमा पहिलो पटक यति ठूलो रुपमा महसुल दर बढाएको हो ।

सीईबीले ८०० प्रतिशत भन्दा बढी ट्यारिफ वृद्धिको लागि अनुरोध गरेको भए पनि नियामकले यसलाई अधिकतम २६३ प्रतिशतमा सीमित गरेको हो ।

एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत् प्रयोग गर्ने ७८ लाख घरपरिवारमध्ये दुई तिहाइ परिवार यो वृद्धिको मारमा पर्ने छन् । ठूला उपभोक्ताहरूका लागि करिब ८० प्रतिशतले मात्रै महसुल दर बढ्ने बताइएको छ ।

यससँगै अब, हाल प्रतियुनिट २.५० रुपैयाँ लाग्ने साना उपभोक्ताले ८ रुपैयाँ तिर्ने छन् भने, ४५ रुपैयाँ प्रति युनिट तिर्दै आएका ठूला उपभोक्ताले ७५ रुपैयाँ प्रति युनिट तिर्नेछन् ।

खाद्यान्न, इन्धन र औषधि जस्ता सबैभन्दा अत्यावश्यक आयातका लागि समेत विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलंकाले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।

आफ्नो ५१ अर्ब विदेशी ऋण तिर्न असमर्थ भएसँगै सरकारले अप्रिलमा डिफल्ट भएको घोषणा गरेको थियो भने यसले सम्भावित बेलआउटको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ