arrow

युद्ध जित्न रुसलाई एक लाख सेना पठाउने उत्तर कोरियाको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
putin-kim1.jpg

काठमाडौं । रुसी सरकारी मिडियाका अनुसार उत्तर कोरियाले युक्रेनमा आक्रमण गर्ने रुसको सम्भावनालाई बलियो बनाउन एक लाख 'स्वयंसेवी' सेना सहयोग गर्ने प्रस्ताव गरेको छ । 'एक लाख उत्तर कोरियाली स्वयंसेवकहरू आउन र द्वन्द्वमा भाग लिन तयार भएको रिपोर्टहरु आएका छन्,' रूसी रक्षा विश्लेषक इगोर कोरोचेन्कोले रूसी च्यानल वनलाई भनेको न्यु योर्क पोस्टले रिपोर्ट गरेको छ ।

उत्तर कोरियाली सेनाको 'काउण्टर ब्याट्री युद्ध अनुभव क्षमता' को प्रशंसा गर्दै रूसले उत्तर कोरियाली सेना र तिनीहरूको काउन्टर ब्याट्री विशेषज्ञतालाई हृदयदेखि स्वागत गर्नु पर्ने विज्ञहरुको भनाइ छ ।

'यदि उत्तर कोरिया युक्रेनी फासीवाद विरुद्ध लड्न आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्ने इच्छा व्यक्त गर्दछ भने, हामीले तिनीहरूलाई अनुमति दिनुपर्छ,' कोरोचेन्कोको भनाइ उदृत गर्दै उल्लेख गरिएको छ ।

कोरोचेन्कोको टिप्पणी धेरै रूसी राज्यहरूले तथाकथित स्वयंसेवी सेनाहरू उपलब्ध गराउँदै छन् भन्ने रिपोर्टहरू देखा परेको केही दिन पछि आएको हो । यो कदमलाई केही पश्चिमी गुप्तचर विश्लेषकहरूले भ्लादिमिर पुटिनसँग आन्तरिक सामूहिक परिचालनको आदेश दिन राजनीतिक पुँजीको अभाव रहेको संकेतको रूपमा लिएका छन्।

गत महिना बेलायतको गुप्तचर एमआई६ का प्रमुख रिचर्ड मूरले रुसी युद्ध प्रयास स्टिमबाट आउट हुन लागेको बताएको टिप्पणी गरेका थिए।

'हाम्रो मूल्याङ्कन यो हो कि रुसीहरूलाई आगामी केही हप्ताहरूमा जनशक्ति रे सामग्री आपूर्ति गर्न गाह्रो हुनेछ,' कोलोराडोको एस्पेन सेक्युरिटी फोरममा प्रश्नोत्तर सत्रमा उनले भनेका थिए।

न्यूयोर्कस्थित काउन्सिल फर फरेन रिलेसनसका अनुसार उत्तर कोरियाको सेना विश्वको चौथो ठूलो हो । जसमा करिब १३ लाख सक्रिय कर्मचारी छन्। यसमा थप छ लाख कर्मचारीहरू आरक्षित सैनिकहरूको रूपमा छन्।

सीपीएफका रक्षा विशेषज्ञहरुका अनुसार उत्तर कोरिया पुरानो उपकरण र प्रविधिमा आधारित छ । दक्षिण कोरियाली अखबार डेली एनकेले उत्तर कोरियाले  युक्रेन युद्धपछिको पुनर्निर्माणमा रुसलाई सहयोग गर्नका लागि कामदारको प्रस्ताव पनि गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ