arrow

भारतबाट फर्किएका ४२ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
corona-virus-covid-19.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

संक्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक -एक रहेका छन् । तीमध्ये भारतबाट फर्किएका ४२ मा संक्रमण पुष्टि भएको हो । 

गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यसअघि सोमबार यस प्रदेशमा एक सय २१ मा संक्रमण देखापरेको थियो । 

 यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ । 

सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोरोना परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा संक्रमण देखिएको छ । संक्रमणका कारण हालसम्म छ सय ३४ को ज्यान गइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ