arrow

भक्तपुरको बाढीले एक सय घर प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
bhaktapur-thimi-3.jpg

काठमाडौं। भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि बाढीले करिब एक सय घर प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको र बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । 

चाँगुनारायण नगरपालिका-४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ, भने वडानम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नगरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, मध्यपुर ठिमी नगरपालिका-२ मनोहरा खोला किनारमा रहेको कृषि फर्म मेत डुवानमा परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ