arrow

आठ सय ६८ कोरोना संक्रमित थपिए, तीनको मृत्यु, ६४ आईसीयू र चार जना भेन्टिलेटरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
dr-samir-adhikari-ministry-of-health-speaker.jpg

काठमाडौं । कोरोना भाइरसका थप ८६८ संक्रमित थपिएका छन् । जसमा पीसीआरबाट ४९६ तथा एन्टिजेनबाट ३७२ संक्रमित थपिएका हुन् । 

थपिएकामा काठमाडौंका २२९, ललिपुरका ५३ तथा भक्तपुरका १८ जना हुन् । ४१४ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ । तीन जनाको मृत्यु यो वर्षको पहिलो घटना हो । 

सक्रिय संक्रमित बढेर ५ हजार ८८५ जना पुगेका छन् । आईसीयूमा पुग्नेको संख्यासमेत ह्वात्तै बढेको छ । 

६४ जनाको आईसीयूमा तथा ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् । 

खोप नलगाएका र पूर्ण खोप नलगाएकाहरु बढी संक्रमित र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

दोस्रो खोप लगाएको तीन महिनापछिमात्र बुष्टर डोज लगाउन पनि आग्रह गरिएको छ । 
 



नयाँ