arrow

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा प्रचण्डको असन्तुष्टि

फोहोर व्यवस्थापनको लागि जापानसँग सहयोग माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
prachanda-narayankaji-2079-04-01.jpg

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् ।  पाँच दिने जापान भ्रमण सकेर बुधवार स्वदेश फर्किएसँगै प्रचण्डले उक्त असन्तुष्टि जनाएका हुन् । 

प्रचण्डले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि पोख्दै उनले भने.' राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्ने हो।' 

सङ्घीय संसद्का दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीमाथि स्वाभाविक दबाब परेको छ भने त्यसमा रहेका केही प्रावधानलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेका साथै विभिन्न पक्षबाट विरोध भइरहेको अवस्थामा राष्ट्रपतिले सिधै प्रमाणीकरण गर्ने सम्भावना निकै कम रहेको छ ।

प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा लगायतले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले फोहोर व्यवस्थापनको लागि जापानसँग सहयोग माग गरेको बताए। 

उनले जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेको दाबी गर्दै नेपालमा फोहोरलाई व्यवस्थाको लागि सहयोग माग गरेको बताए ।  उनले भने,' फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेछ जापान । कहीँ कतै फोहोर भन्ने देखिँदैन सबै व्यवस्थापन । फोहोर व्यवस्थापनको लागि तत्काल हामीलाई सहयोग चाहियो भन्ने कुरा पनि हामी गर्‍यौ । 

प्रचण्डले भ्रमणका क्रममा जापानको आधुनिक कृषि प्रणाली,  पर्यटन, शिक्षा र भौतिक पूर्वाधार विकासका सम्बन्धमा अध्ययन एवम् अवलोकन गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ