arrow
ADVERTISEMENT

उत्तर कोरियाले गर्‍यो कोरोनामाथि जित हासिल गरेको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
kim-jong.jpg
तस्बिर– फाइल

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९ माथि  विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन् ।

स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले घातक महामारी रोग विरुद्धको युद्धमा विजय घोषणा गरे । महामारीको सुरुवातदेखि नै कडा कोरोनाभाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । 

ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो । उसले सुरुमा परीक्षण नै नगरी ज्वरोका विरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । जुलाई २९ देखि प्योङयाङले भाइरसका कुनै पनि केस रिपोर्ट गरेको छैन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ