arrow

नुन खानेमा हृदयाघातको जोखिम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
heart-attack.jpg

काठमाडौं ।  चीनमा गरिएको एक अध्ययनले नुनको विकल्प रोज्नेमा हृदयाघातको जोखिम कम देखिएको छ । चीनको हार्बिन मेडिकल युनिभर्सिटीका वैज्ञानिक सम्मिलित अनुसन्धान टोलीले गत वर्ष ग्रामीण चीनका करिब २० हजार सर्वसाधारणलाई समावेश गरेर प्रकाशित एउटा प्रमुख अध्ययनमा आधा मानिसले आफ्नो आहारमा नुनको विकल्प प्रयोग गरेका तथा बाँकीले आफ्नो खानामा नियमित नुन प्रयोग गरेका थिए । 

नुनको विकल्प रोज्नेमा हृदयाघातको जोखिम कम देखिएको अध्ययनको निष्कर्ष छ ।  यो अध्ययन र त्यसको निष्कर्ष मानव स्वास्थ्यका निम्ति लाभदायक भए पनि त्यस्तै परिणाम विश्वका अन्य भागमा पनि लागू हुन्छन् भनेर किटान गर्न नसकिने अनुसन्धानकर्ता जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक स नील बताउँछन् । 

नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने र त्यसले हरेक वर्ष संसारभरि लाखौँको जीवन बचाउ नसक्ने बताए ।  उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे ।   ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयाघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ ।

पोटासियम नुनले जुनसुकै उमेर, तौल, वर्ण, लिङ्ग वा जातिका मानिसको रक्तचाप कम गर्ने उन उल्लेख गर्छन् । बीस वर्षदेखि अध्ययन अनुसन्धानमा व्यस्त उनले यो अनुसन्धानको निष्कर्षबाट आफू उत्साहित भएको बताए ।  पोटासियम नुन सोडियम नुनभन्दा केही महँगो भए पनि स्वास्थ्यका निम्ति त्यो उपयोगी भएकाले त्यसको उपयोगमा उनले जोड दिए । 



नयाँ