arrow
ADVERTISEMENT

भगुवा पूर्वराष्ट्रपति राजापाक्षे सिंगापुरबाट थाइल्याण्ड जान सक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
gotabaya-rajapaksa.jpg
तस्बिर– फाइल

काठमाडौं । जनप्रदर्शनका कारण देश छाडेर सिंगापुर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे बिहीबार थाइल्याण्ड जाने अनुमान गरिएको छ ।  गत महिना ठूलो प्रदर्शनबीचमा आफ्नो टापु राष्ट्र छोडेपछि राजापाक्षे दोस्रो दक्षिणपूर्वी एसियाली देशमा अस्थायी रूपमा बस्ने अपेक्षा गरिएको छ । 

राजापाक्षे जुलाई ११ मा सिंगापुर भागेका थिए । सात दशकपछिकै सबैभन्दा खराब आर्थिक संकटबीच अभूतपूर्व अशान्तिसँगै हजारौँ  प्रदर्शनकारी निवासमा प्रवेश गरेको केही दिनपछि, उनले पदबाट राजीनामा दिएका थिए ।

पूर्वसैन्य अधिकारीसमेत रहेका गोटाबाया बिहीबार सिंगापुरबाट थाइल्याण्डको राजधानी बैंककको यात्रा गर्ने अपेक्षा गरिएको विभिन्न स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । तर, उनी कति बजे थाइल्यान्ड पुग्छन् भन्ने बारेमा केही खुलाइएको छैन ।

राजापाक्षेले राजनीतिक शरण लिने कुनै आशय नराखेको र उनी अस्थायी रूपमा बसेको सिंगापुरका अधिकारीहरूले जनाएका छन् । 

‘यो एक मानवीय मुद्दा हो र एक अस्थायी बसाइ हो’, प्रधानमन्त्री प्रयुथ चान–ओचाले सञ्चारकर्मीलाई भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ