arrow
ADVERTISEMENT

इरानले रुसी अधिकारीलाई आफ्नो लडाकु ड्रोन प्रयोग गर्न प्रशिक्षण दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
putin-ibrahim-raisi.jpg

काठमाडौं । इरानले रुसी अधिकारीहरूलाई युक्रेन युद्धको बीचमा आफ्ना उन्नत ड्रोनहरू प्रयोग गर्न प्रशिक्षण दिन थालेको विभिन्न रिपोर्टहरुले जनाएका छन् ।

इरानले रुसलाई सयौं ड्रोन पठाउने तयारी गरेको बताइएको छ । क्रेमलिनले युक्रेन युद्धमा ठूलो फाइदा लिन खोज्दा रुसी विजयको संकेत बिना यो महिनौं लम्बिएको छ ।

अमेरिकी मिडियामा गुप्तचरको रिपोर्ट उद्धृत गर्दै रुस र इरान ड्रोन प्रयोग गर्नेबारे गोप्य वार्तामा संलग्न भएकोसमेत दाबी गरिएको छ ।

तर रुस र इरान दुवैले यो घटनाक्रमलाई अस्वीकार गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आफ्नो विशेष सैन्य कारबाही घोषणा गरेदेखि युक्रेनले विगत पाँच महिनादेखि टर्कीमा निर्मित बायराक्तार ड्रोनलाई विनाशकारी प्रभाव पार्न प्रयोग गरिरहेको छ।

रुसी अधिकारीहरूले ड्रोनहरूको मूल्याङ्कन गर्न इरानको भ्रमण गरेका थिए । सो क्रममा रुसले शाहद-१२९ र शाहेद-१९१ ड्रोनलाई रुचाएको बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले यसअघि गत महिना इरान र रुसबीच बढ्दो निकटताबारे चेतावनी दिएका थिए ।

घातक बायराक्तार ड्रोन बनाउने टर्कीको बेकरले युक्रेनमा ड्रोन कारखाना निर्माण गर्न सक्ने रिपोर्टकाबीच यस्तो विषय पनि बाहिर आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ