arrow

सताउँदै कोरोनाले

कोरोनाबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु, आठ सय पन्ध्र संक्रमित थपिए

आईसीयूमा ६० तथा भेन्टिलेटरमा ८ जनाको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीको चौथो लहर खतरनाक बन्दै गएको छ । बिहीबार मात्रै कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । 

यो संख्या यस वर्षकै सबैभन्दा धेरै हो । बुधबार तीन जनाको ज्यान गएको थियो । आठ सय १५ संक्रमित थपिएका छन् । 

योसँगै मृतकको संख्या ११ हजार ९ सय ८२ पुगेको छ । बिहीबार २ हजार ४११ पीसीआर परीक्षणबाट ४६५ जनामा तथा २ हजार १२३ एन्टिजेन परीक्षणबाट ३५० जनामा संक्रमण देखिएको हो । 

मात्र ४८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ रहेको छ । 

पछिल्लो समय आईसीयूमा पुग्ने र भेन्टिलेटरमा पुग्ने संक्रमितको संख्या ह्वात्तै बढेको छ । हाल आईसीयूमा ६० तथा भेन्टिलेटरमा ८ जना रहेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या १९२ रहेको छ । 

बिहीबार थप ३१ हजार ७६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिल्लो समय ज्यान गुमाउनेहरुमा अधिकांश खोप नलगाएकाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आईसीयू र भेन्टिलेटरमा पुग्नेहरु अधिकांश पनि खोप नलगाएकै परेका छन् । 

कोरोनाले जतिसुकै थला पार्दै गए पनि सचेत हुने प्रवृत्तिमा कमी आइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ