arrow

बैंकको मौज्दात करिब ५० खर्ब रकमबारे जानकारी दिन सांसद राजभण्डारीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
divyamani-rajbhandari-parliament-079-04-25.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारीले बैंकहरुमा मौज्दात रहेको करिब ५० खर्ब रकमको विस्तृत अध्ययन गरी सबैलाई जानकारी गराउन सबैको ध्यानाकर्षण गराएका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले केही दिन अगाडि एक सांसदले देशको आर्थिक अवस्थाबारे जानकारी गराएको सन्दर्भ कोट्याउँदै यस बारेमा जानकारी गराउन आग्रह गरेका हुन् । 

उनले भने, ‘नेपाली जनता र सरकारको करिब ५० खर्ब रकम विभिन्न वाणिज्य बैंकहरुमा मौज्जात भएको र सोमध्ये ४७ खर्ब विभिन्न व्यवसायीले लगानी भएकोमा करिब ३० खर्ब एक सय जना कर्पोरेट हाउसेसहरुमा मात्र लगानी भएको भन्नुभएको थियो । यो बारेमा विस्तृत अध्ययन गरी सबैलाई जानकारी गराउनु पर्नेमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै उनले संसदमा अड्किइरहेका विभिन्न विधेयकहरुमा वृहत छलफल गरी पारित गरी ऐन कानून बनाउन पनि आग्रह गरेका छन् । 

उनले भने, ‘हाल यस गरिमामय संसदमा २०७७ सालदेखिन् कर्जा, सूचना, भंसार, बैंक तथा वित्तीय सम्बन्धी नेपाल राष्ट्र बैंक धितो सम्बन्धी सार्वजनिक ऋण व्यवस्था र बिमा विधेयकहरु स्टेजवाइज अड्किइरहेका देखिन्छन् । यी विधेयकहरु वृहतमा छलफल गरी पारित गरी ऐन कानून बनाउन केही सीमित संस्थाहरुले मात्र बैंकको पैसा लिने एकाधिकार नगर्न पनि आग्रह गर्दछु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ