arrow

चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
baby1.jpg

चितवन । जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो ।
 
चितवन मेडिकल कलेज शिक्षण अस्पताल ९सिएमसी० मा शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या लाखौँमा एक दुई जनामा देखिने गरेको चिकित्सक बताउँछन् । अस्पतालका बाल शल्यचिकित्सक डा प्रकृति गिरी नेतृत्वको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएकी थिइन् । उनीबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।
 
अस्पताल भर्ना भएको चार दिनपछि गत असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो । डा गिरीले भनिन्, “शिशुको नाइटोको भाग नबनेको र सोही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रासमेत फुलेको अवस्थामा रहेको यस्तो प्रकृतिका घटना दुर्लभ हुने गर्दछन् ।”
 
नाइटो नबनेको, आन्द्रा बाहिर आएको र आन्द्रा फुटेको अवस्था लाखौँमा एक जनामा देखिने भन्दै उनले यो निकै दुर्लभ समस्या भएको जानकारी दिइन् । उनको भनाइमा सानो आन्द्रा यसरी फुलेर बस्नु आफैँमा दुर्लभ हो । यस्तो समस्यालाई ओमफालोसियल भनिने गर्दछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ