arrow

कोरोनाका सात सय ८१ संक्रमित थपिए, दुईको मृत्यु, ६३ आईसीयूमा, आठ भेन्टिलेटरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसबाट थप ७८१ संक्रमित थपिएका छन् । जसमा पीसीआरबाट ४१९ र एन्टिजेनबाट ३६२ संक्रमित थपिएका हुन् । 

थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२३ हजार ८०१ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमितको संखया ५ हजार ७७५ रहेको छ । 

संस्थागत आइसोलेसनमा २१० जना रहेका छन् । त्यस्तै आईसीयूमा रहनेको संख्या बढ्दो रहेको छ । 

६३ जना आईसीयूमा उपचाररत रहेका छन् । ८ जना भेन्टिलेटरमा रहेका छन् । 

मन्त्रालयले भदौ ५ गतेदेखि ११ गतेसम्म ५० जिल्लामा ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ