arrow

नेपाल–भारत मैत्री सूत्र बन्धनः उपसभामुख भुषाल भन्छिन्– सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
nepal-bharat-maitri-sutra-bandhan.jpg

वीरगञ्ज । उपसभामुख पुष्पा भुषाल गौतमले  नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् । 

रक्षावन्धनको अवसरमा शुक्रबार पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्वारा आयोजित कार्यक्रममा उनले सामाजिक, सांस्कृतिक  र कुटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राखिन् ।

भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने धारणा राखे । 

मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले नेपाल र भारतबीचको ऐतिहासीक सम्वन्धबारे सो अवसरमा चर्चा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ