arrow

दुई महिनामा दोस्रो पटक कोरोना संक्रमित भइन् सोनिया गान्धी, परिवारै बिमार  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
rahul-soniya.jpeg
तस्बिर– फाइल

काठमाडौं । भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएकी छिन् । उनी कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित भएकी हुन् । उनी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिइन् । 

उनी दुई महिनाको अवधिमा दोस्रो पटक संक्रमित भएकी हुन् । उनमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ । 

नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियमअनुसार घरमा छुट्टै बसेको कांग्रेस नेता जयराम रमेशले जानकारी दिए । उनलाई परिवार भित्रैबाट सङ्क्रमण सरेको अनुमान गरिएको छ । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी भएका छन् । उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन् । 

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ