arrow

तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
aringal1.jpg
तस्बिर– फाइल

तनहुँ । तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं. ५ छाङपाटनका ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । 

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए । 

उनको पोखरासिथत पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद लगिएकोमा  थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ