- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । स्याङ्जामा घाँस काट्नेक्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आँधीखोला गाउँपालिका वडा नं. २ रंगेठाटीका ६० वर्षका देवनारायण सार्की रहेका छन् ।
उनी घरदेखि दुई किलोमिटर दूरीमा रहेको पाखोबारीमा लडेर ८० मिटर तल खसेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मृत्यु सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।