arrow

आम निर्वाचनः दल दर्ता गर्न तीन दिनमात्रै बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
election-commission-hq-building-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय सकिन अब ३ दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बीचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ पौडेलले भने ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । नेकपा एमालेले १० नम्बरमा दल दर्ता गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ