arrow

चीनको सांघाईमा दैनिक कोरोना परीक्षणका साथ विद्यालयहरु खुल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
china-corona-vaccine.jpg

काठमाडौं । चीनको सांघाई सहरले कोभिड१९ का कारण महिनौंसम्म बन्द रहेका सबै प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरू, किन्डरगार्टन र नर्सरीहरू सेप्टेम्बर १ देखि पुनः खोल्ने बताएको छ।

सांघाई नगरपालिका शिक्षा आयोगले आइतवार एक विज्ञप्ती जारी गर्दै शहरका सबै शिक्षक र विद्यार्थीहरूलाई क्याम्पस छोड्नु अघि हरेक दिन कोरोनाभाइरसको लागि न्यूक्लिक एसिड परीक्षण गर्न आवश्यक हुने बताएो छ ।

यसले शिक्षक र विद्यार्थीहरूलाई विद्यालय फेरि खोल्नु अघि शहर भित्र १४ दिनको आत्म स्वास्थ्य व्यवस्थापन गर्न समेत आह्वान गरेको छ ।

अप्रिल र मेमा चर्किएको कोरोना भाइरसको प्रकोपसँग लड्न सांघाईले मार्चको मध्यमा सबै स्कूलहरू बन्द गरेको थियो ।

यसले हाई स्कूल र मिडिल स्कूलका केही विद्यार्थीहरूलाई जूनमा स्कुल फर्कन अनुमति दिएको थियो । बाँकी अधिकांशले सेमेस्टरको बाँकी समय घरबाटै अध्ययनको व्यवस्था मिलाएका थिए ।

चीनको सबैभन्दा बढी जनसङ्ख्या भएको सहरले शनिबार बीना लक्षणका पाँच नयाँ स्थानीय सङ्क्रमणहरू रिपोर्ट गरेको छ भने, देशभर २४६७ केसहरु रिपोर्ट गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ