- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । श्रीलंकाले छिमेकी भारतले उठाएको सुरक्षा चिन्ताको बाबजुद विवादास्पद चिनियाँ अनुसन्धान जहाजलाई टापु भ्रमण गर्न अनुमति दिएको बताएको छ।
युआन वाङ ५ लाई अन्तर्राष्ट्रिय ढुवानी र विश्लेषण साइटहरुले अनुसन्धान एवं सर्वेक्षण जहाज भनेका छन् भने, भारतीय सञ्चारमाध्यमले यो दोहोरो प्रयोगको जासूसी जहाज रहेको जनाएको छ ।
आफ्नो स्वतन्त्रतापछि इतिहासकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा चीन र भारत दुवैले आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेका छन् ।
भारतले यस वर्ष श्रीलंकालाई अन्य राष्ट्रको भन्दा धेरै सहयोग उपलब्ध गराएको छ । तर आफ्नो ठूलो र शक्तिशाली प्रतिद्वन्द्वी चीनले मुख्य एसिया युरोप शिपिंग रुट नजिकैको हम्बनटोटा बन्दरगाहलाई सैन्य आधारको रूपमा प्रयोग गर्ने चिन्ता भारतमा बढेको छ ।
युआन वाङ ५ सुरुमा अगस्त ११ मा श्रीलंकाको दक्षिणी तटमा हम्बनटोटाको बन्दरगाहमा आइपुग्ने भनिएको थियो । तर यो अब मंगलबार त्यहाँ आइपुग्ने विदेश मन्त्रालयले जनाएको छ ।
यस भ्रमणलाई शुरुमा जुलाई १२ मा पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे देशको आर्थिक संकटका विरुद्ध महिनौंदेखि भएको विरोध प्रदर्शनपछि भागेको एक दिनअघि अनुमति दिइएको थियो । सन् २००५ देखि सन् २०१५ सम्म चीनबाट निकै ऋण लिएका राजापाक्षेका भाइ महिन्दाले सिंगापुर भागेर राजीनामा दिएका थिए ।
अहिले हम्बनटोटा बन्दरगाह चीनले ९९ वर्षका लागि लिजमा लिएको छ । भारतको विदेश मन्त्रालयले भारतको सुरक्षा र आर्थिक हितमा कुनै असर पर्ने कुरालाई नजिकबाट अनुगमन गर्ने र तिनको सुरक्षाका लागि आवश्यक सबै उपायहरू अपनाउने बताएको छ ।
भारतले श्रीलंकालाई चिनियाँ जहाज फर्काउन दबाब दिएको दाबीलाई अस्वीकार गरेको छ । 'हामी भारतको बारेमा इन्युसन र त्यस्ता बयानलाई स्पष्ट रूपमा अस्वीकार गर्छौं। श्रीलंका एक सार्वभौम देश हो र उसले आफ्नै स्वतन्त्र निर्णय गर्छ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन् ।