arrow

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
parliament-empty-2079-04-29.jpg

काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो ।    

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए । 
    
गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो । 

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक सङ्ख्या अपुग भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ