arrow

 कोरोनाबाट थप दुईको मृत्यु, चार सय पचपन्न संक्रमित थपिए, पैसठ्ठी जना आईसीयूमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार ८ सय २९ परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३ सय ८ पीसीआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय ३५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार ५ हजार २ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् ।

हाल नेपालमा दुई जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ