arrow

रविन्द्र मिश्रको स्थानमा समीक्षा बाँस्कोटा

संयोजकमा सञ्जीवबल्लभ भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
bibekshil-shaja-party.jpg

काठमाडौं । अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएपछि रिक्त रहेको विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन्। 

सो पार्टीका अध्यक्ष रविन्द्र मिश्रले स्थानीय तहको निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आइतवार बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य बाँस्कोटालाई अध्यक्षमा चयन गरेको हो  ।

सो पार्टीका बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार थिइन् । 

त्यस्तै संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन भएका छन्।  रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य भट्टराईलाई चयन भएका हुन्  ।३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ