arrow
ADVERTISEMENT

रुस र उत्तर कोरियाले द्विपक्षीय सम्बन्ध विस्तार गर्ने पुटिनको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
putin-kim1.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई मास्को र प्योङयाङबीचको सम्बन्ध विस्तार गर्न चाहेको भनेको उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाको केसीएनए समाचार एजेन्सीले सोमबार पुटिनले कोरियाली प्रायद्वीपमा जापानको कब्जा समाप्त भएको ७७ औं वर्षगाँठको अवसरमा किमलाई पत्र पठाएको जनाएको हो । सोही पत्रमा पुटिनले निकट सम्बन्ध दुवै देशको हितमा हुने उल्लेख गरेका हुन् ।

रुस र उत्तर कोरियाले 'साझा प्रयासका साथ व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्न जारी राख्नेछ,' पुटिनले पत्रमा लेखेका छन् । यसले कोरियाली प्रायद्वीप र उत्तरपूर्वी एसियाली क्षेत्रको सुरक्षा र स्थिरतालाई बलियो बनाउन मद्दत गर्नेछ।

सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीप कब्जा गरेको जापानमाथि विजय हासिल गरेपछि दोस्रो विश्वयुद्धमा रुस–उत्तर कोरियाबीचको मित्रता प्रगाढ बनेको कुरालाई स्मरण गर्दै किमले पनि पुटिनलाई पत्र पठाएका थिए ।

दुई देश बीचको 'रणनीतिक र ट्याक्टिकल सहयोग, समर्थन र ऐक्यबद्धता' नयाँ स्तरमा पुगेको छ, किमले पत्रमा लेखेका छन् । विशेष गरी शत्रु सैन्य बलहरूबाट हुने धम्की र उत्तेजनालाई निरुत्साहित गर्ने साझा प्रयासमा यसले मजबुतता प्रदान गरेको किमको भनाइ छ ।

किमले सन् २०१९ मा पुटिनसँगको भेटका बेला हस्ताक्षर गरेको सम्झौताको आधारमा रुस र उत्तर कोरियाबीचको सहकार्य बढ्ने अपेक्षा राखेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ