arrow

काठमाडौंस्थित भारतीय दूतावासले मनायो ७६ औं स्वतन्त्रता दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
india-76th-independence-day-nepal.jpg

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०१९ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । सो अवसरमा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए । 

सम्बोधनमा मुर्मूले भारतको स्वतन्त्रताको लागि स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेकी छिन् । 

भारतीय राष्ट्रवादी कवि मुवेम्पुलाई उधृत गर्दै उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्णरुपमा समर्पित भइ अधि बढ्न आह्वान गरिन् । 

कार्यक्रममा भारतीय दूतावासले भारतीय बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई २ करोड ६५ लाख रुपैयाँ प्रदान गरी सम्मान गर्यो । 

त्यस्तै दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगीताका विजेतालाई पुरस्कृत गरेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ