arrow

आठ सय ८८ कोरोनाका संक्रमित थपिए, एकको मृत्यु, ६४ आइसोलेसनमा, तीन भेन्टिलेटरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर ८ सय ८८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो । 

बितेको चौबिस घण्टामा ४ सय ७४ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । सोही समयमा एक जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ । आईसीयूमा ६४ तथा भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ । 

एक लाख ५० हजार ६४ जनाले खोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ