arrow

पूर्व राष्ट्रपति नसिदविरुद्ध मालदिभ्स सरकारले पक्राउ पूर्जी जारी गर्‍यो

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
Mohamed-Nasheed.jpeg
कोलम्बो (श्रीलङ्का) । मालदिभ्सले सरकारले पूर्व राष्ट्रपति मोहम्मद नसिदविरुद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको छ । 
 
यसअघि जेल जीवन बिताइरहेका नसिद उपचारका लागि बेलायत गएका तर उपचारपछि आफ्नो बाँकी जेल जीवन पूरा गर्न स्वदेश नफर्केपछि उनिविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । 
 
पहिलो पटक प्रजातान्त्रिक रुपमा मालदिभ्सको राष्ट्रपति निर्वाचित भएका नसिदले हालै बेलायतमा राजनीतिक शरणका लागि अनुमति पाउएका छन् । 
 
मालदिभ्सको उच्च अदालतले पूर्व राष्ट्रपति नसिदलाई बाँकी जेल समय पूरा गराउन पक्राउ आदेश दिएको सरकारद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । 
 
विज्ञप्तिमा नसिदले १३ वर्ष थप जेल जीवन भुक्तानी गर्नुपर्ने देखिएको र उक्त सजाय पूरा गर्न उनलाई स्वदेश ल्याउने प्रयासस्वरुप पछिल्लो निर्णय आएको बताइए पनि उनलाई स्वदेश फिर्ता गरिनुपर्ने कारणका बारेमा विस्तृतमा उल्लेख गरिएको छैन । 
 
यसैबीच मालदिभ्सका पूर्व राष्ट्रपति नसिदले देशको प्रतिपक्षी समूहका नेतालाई श्रीलङ्कामा भेट गरी वर्तमान राष्ट्रपति अब्दुल्लाह यमिनलाई पदच्युत गर्ने योजना सार्वजनिक गरेका प्रतिपक्षीहरुको स्रोतबाट थाहा हुन आएको छ । एएफपी 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ