arrow

ब्राजिलको राष्ट्रपतिमा माइकल टेमर निर्वाचित

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
mechel-temor.jpeg
बार्सिलिया। ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ । 
 
पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आएका थिए । 
 
निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आएका माइकल टेमरको पूर्णकार्यकाल अब सन् २०१८ को अन्त्यसम्म रहने छ । नयाँ राष्ट्रपतिको निर्वाचन सँगसँगै निवर्तमान राष्ट्रपति डिल्मा रुसेफ संसदबाट औपचारिक रुपमा नै बाहिरिएकी छन् । 
 
गत मे १२ मा कार्यवाहक राष्ट्रपति नियुक्त पाएदेखि टेमरले राष्ट्रिय महत्वका कुनै पनि परिवर्तनकारी निर्णय गरेका थिएनन् । यद्यपी डिल्मा रुसेफले देशको अर्थतन्त्रमा तहसनहस पारेर छोडेको भनिएको अवस्थाउपर उनको यस कार्यकालमा तीनवटा सुधारका कार्यक्रम लागू गरिएको दाबी छ । 
 
पहिलो, मुलुकको बढ्दो मुद्रा स्फिति नियन्त्रण गर्न एक बरिष्ठ अर्थविज्ञ समूहको गठन, दोस्रो मुलुकभित्र वैदेशिक लगानी भित्र्याउन गरिएको प्रयास र तेस्रोमा कर उठाउने तथा श्रम क्षेत्रमा गरिएको सुधारका प्रयासहरु व्यवस्थापन पर्दछन् । 
 
राजनीतिज्ञ तथा सचेत ब्राजिलियाली जनतामाझ लोकप्रियता आजन गर्न नसकेकता पनि टेमरले सबै राजनीतिक दलहरुसँग सङ्घीय र राज्यस्तरमा समन्वय सदभाव कायम राख्न गरिएको प्रयास प्रशंसनिय मानिएको छ । सन् १९२० मा आप्रवासीको रुपमा टेमरका परिवार लेवनानबाट ब्राजिलमा बसाईसरी आएका थिए । 
 
टेमर साओ पाउलो राज्यको टिटेमा सन् १९४०, २३ सेप्टेब्बर जन्मिएका हुन् । आठ भाई छोरामध्ये उनस सबभन्दा कान्छो हुन् । उहाँ कट्टर क्रिश्चियनको रुमपा परिचित छन् । 
 
माइकल टेमरलाई सान पाब्लोस्थित फोन्टिफिकल क्याथोलिक युनिभर्सिटीले कानुन विधामा डाक्टरी उपाधि प्रदान गरको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ