arrow

चुनावका लागि दल दर्ता गर्ने आज अन्तिम दिन, कांग्रेस दर्ता गर्न जाँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । आगामी मंसिर ४ हुने गतेका लागि तोकिएको संघ र प्रदेशको निर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिँदैछ । अन्तिम दिनमात्र सत्तारुढ दल नेपाली कांग्रेस निर्वाचन आयोगमा जाँदैछ । 

कांग्रेसले दल दर्ताको जिम्मेवारी केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । पौडेलले भने अझै समय निश्चित भइनसकेको बताए । उनले भने, ‘आजै दर्ता गर्छौं कन्फर्म छ । समय भने ठ्याक्कै भन्न सकिएन । हाम्रो अभिमुखीकरण कार्यक्रम पनि चलिरहेकाले समय तोक्न कठिन भयो ।’

अन्य शीर्ष दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भने दल दर्ता गरिसकेका छन् । गत हप्ताको आइतबारबाट शुरु भएको दल दर्ता सीके राउत नेतृत्वको जनमत पार्टीले एक नम्बरमा दर्ता गरेको थियो । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत हप्ता र माओवादी केन्द्रले गत आइतबार दल दर्ता गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ