arrow

वामदेव पुगे निर्वाचन आयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
bamdev-2079-04-31.jpg

काठमाडौं । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रियाबारे बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गौतमले आगामी  निर्वाचनमा माओवादी केन्द्रको चुनाव  चिन्ह हसिया हतौडा लिएर उठ्ने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ