arrow

संघीय र प्रदेश निर्वाचनका लागि दल दर्ताको समय सकियो, ८४ दल दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म रहेकोमा ८४ दल आयोगमा दर्ता भएका हुन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८४ दल दर्ता भएको हाम्राकुरालाई बताए । ७६ र ८४ मा अलमल भइरहँदा उनले दिउँसोतिर ७६ पुगे पनि अन्तिममा जोड्दा ८४ पुगेको जानकारी दिए । निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दल मात्रै दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले गत साउन २२ गतेदेखि ३१ गतेसम्मको समय राखेर दलहरुलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको थियो । 

सीके राउतको पार्टी जनमत पार्टीले पहिलो नम्बरमा दल दर्ता गरेको थियो । त्यसैगरी नेकपा एमालेले १० नम्बरमा, राप्रपा नेपालले १६ नम्बरमा, नेमकिपाले २७ नम्बरमा, नेकपा एकीकृत समाजवादीले २८ नम्बरमा, राप्रपाले ३१ नम्बरमा, राष्ट्रिय जनमोर्चाले ३६ नम्बरमा, माओवादी केन्द्रले ४३, तमलोपाले ४५ नम्बरमा, जसपाले ६१ नम्बरमा र नेपाली कांग्रेसले अन्तिमतिर दल दर्ता गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ