arrow

‘राजनीतिक स्थिरता बिना आर्थिक विकास असम्भव’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
upendra-yadav-president-jasapa.jpg

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरताबिना आथिक विकास सम्भव नभएको बताएका छन् । 

जनकपुरधाममा रहेका अध्यक्ष यादवले मुलुक समृद्ध बनाउनका लागि आर्थिक विकासमा जोड दिनुपर्ने बताए । युवालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता राज्यले गर्न सके मुलुकमा छिट्टै विकास र समृद्धि कायम हुने उनको भनाइ थियो । “युवालाई सही ढङ्गबाट परिचालन गर्न नसकेकै कारण मुलुक पछाडि परेको हो”, अध्यक्ष यादवले भने ।  

 कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले युवाको नेतृत्व विकास र रोजगारी सुनिश्चितता गर्न प्रदेश सरकारले युवा नीति बनाएर अघि बढेको बताए । युवा शक्ति नै मुलुकको भविष्य भएकाले उनीहरुलाई विकास र प्रविधिसँग जोड्न चाहेको उनले उल्लेख गरे ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ