arrow

सुकीमाथि थपियो सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
suki6.jpg.jpeg

काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजार भन्दा कम मूल्यमा भाडामा लिएको आरोपमा सेनाले थप सजाय तोकेको छ । 

अपदस्थ नेतृ सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको हो ।

यो निर्णय लोकतान्त्रिक रूपमा निर्वाचितहरूलाई बदनाम गर्ने सैनिक सरकार अर्को हताश प्रयास भएको म्यानमारको राष्ट्रिय एकता सरकारका विदेशमन्त्री जिन मार आङले भनेका छन् । 

म्यानमार सैनिक सरकारको आलोचना गर्दै उनले आङ सान सुकीको रिहाइको लागि पनि आह्वान गरेका छन् ।

अपदस्थ नेतालाई चार वटा मुद्दाहरूमध्ये प्रत्येकमा तीन वर्षको सजाय सुनाइएको छ ।  तर तीमध्ये तीनका लागि सजाय एकैसाथ सुनाइनेछ । उनलाई थप छ वर्षको जेल सजाय दिइने अल जजीराले एक कानुनी अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ । 

७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेपछि देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो । यद्यपि, आङ सान सुकीले सबै आरोप अस्वीकार गरेको र उनका वकिलहरूले अपिल गर्ने अपेक्षा गरिएको अल जजीराले जनाएको छ । 

आङ सान सुकी र उनका सहयोगीहरू विरुद्ध लगाइएका धेरै आरोपहरू अर्को वर्ष हुने चुनावमा अलोकप्रिय बनाई  यी राजनीतिज्ञहरूलाई राजनीतिबाट हटाउने सेनाको प्रयासको हिस्सा भएको विश्लेषकहरूले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ