arrow

फेरि पनि घटेन पेट्रोलियम पदार्थको मूल्य, ऋण तिर्न पुरानै दर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट तीनपल्ट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा भने मूल्य समायोजन हुन सकेको छैन । 

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने बताएको छ । मङ्गलवार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले हाललाई मूल्य यथावत् नै राख्ने निर्णय भएको निगमले जनाएको छ ।

आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाए पनि निगमले पुरानो घाटा पूर्ति गर्न भन्दै मूल्य समायोजन गरेको छैन। 

मङ्गलवार पत्रकार सम्मेलन गर्दै नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए । उनका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी छ ।

निगमले हाल पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफा रहे पनि डिजलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा, एलपी ग्यासमा प्रति सिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको जनाएको छ । 

भारतबाट मङ्गलवार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर मूल्य घटाएर आईओसीले पठाएको छ ।

सरकार र वाणिज्य बैङ्कबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब बक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ