arrow

कोरोनाको अर्को भेरियन्ट महामारी बन्न सक्ने, भारतसहित २० देशमा फैलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
corona-virus-covid-19.jpg

काठमाडौं । वैज्ञानिकहरू ओमिक्रोनको सब-भेरियन्ट 'सेन्टोरस' अर्को विश्वव्यापी कोरोना भेरियन्ट हुन सक्ने अनुमान गरेका छन्। अहिले सम्म सेन्टोरस करिब २० देशमा फैलिसकेको छ । यसको फैलावट धेरै छिटो हुन्छ। 

यो छिमेकी मुलुक भारत सहित अन्य मुलुकमा फैलिए पनि नेपालमा आइसकेको छैन । भारतमा संक्रमण बढे पनि अस्पताल भर्ना हुने दर भने बढेको छैन ।

नेचर जर्नलमा प्रकाशित रिपोर्ट अनुसार सेन्टोरस अर्थात् बी.ए. २.७५ माथि वैज्ञानिकहरू ध्यान दिइरहेका छन् । यो ओमिक्रोनको नयाँ सब-भेरियन्ट हो । 

यो भेरियन्ट भारतमा जुलाईमा द्रुत रूपमा बढ्न शुरु भएको थियो त्यसपछि एसिया र युरोप लगायत २० वटा देशहरूमा फैलिएको छ।

 प्रतिवेदनका अनुसार भारतमा मे महिनादेखि १ हजार नमूनाको जीनोम सिक्वेन्सिङ गरिएको थियो, जसमध्ये दुई तिहाइ बीए २.७५ को थियो।

रिपोर्टका अनुसार बीए २.७५ मा ए४५२आर म्युटेसन छ, जसले पुनः संक्रमणको जोखिम बढाउँछ।

कसरी बन्यो सेन्टोरस ?
ओमिक्रोनबाट बीए-१ र बीए-२ दुई सव भेरियन्ट बने । बीए-१ बाट कुनै थप सब-भेरियन्टहरू बनेनन् भने बीए-२ बाट चार वटा सब-भेरियन्टहरू पुनः बने ।

यसमा बीए ४, बीए ५, बीए २.१२-१ र अहिले बीए २.७५ समावेश छ। अल्फा, गामा, बिटा को कुनै पनि सव भेरियन्ट छैन भने डेल्टाको सब भेरियन्ट डेल्टा प्लस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ