arrow
ADVERTISEMENT

रुस्दीको स्वास्थ्यमा सुधार, बोल्न थाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
salman-rushdie-writer.jpg
तस्बिर– फाइल

न्यूयोर्क । गत साता न्यूयोर्क राज्यमा एक कार्यक्रममा छुरा प्रहारमा परेका भारतीय मूलका बेलायती लेखक सलमान रुस्दी बोल्न थालेका छन् । अनुसन्धानकर्ताहरूसँगको कुराकानीमा रुस्दी बोल्न थालेका कानून प्रवर्तन अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । 

गत शुक्रबार न्यूयोर्क राज्यको चौताउवा इन्स्टिच्युसनको स्टेजमा छुरा प्रहार भएपछि रुस्दी अहिले अस्पतालमा उपचाररत छन् । कार्यक्रमको स्टेजमा पुगेर आक्रमणकारीले ७५ वर्षीय रुस्दीलाई हमला गरेका थिए । गम्भीर घाइते रुस्दीलाई आक्रमणकारीले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । उनको शल्यक्रिया भएको थियो । 

कानून प्रवर्तक अधिकारीका अनुसार लेखक सोमबार होसमा थिए र उनी अनुसन्धानकर्ताहरुलाई जवाफ दिन सक्षम थिए । यद्यपि विश्वलाई स्तब्ध पार्ने हमलाको सम्बन्धमा रुस्दीले अनुसन्धानकर्ताहरूलाई के भनेका थिए भन्ने कुनै उल्लेख छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ