arrow

एलजीको वाशिङ मेसिन विज्ञापनमा आमा–छोराको भावनात्मक सम्बन्ध [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
lg-washing-machine-adv.jpg

काठमाडौं। नेपालको सर्वाधिक चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले वाशिङ मेसिनको नयाँ टीभी विज्ञापन एलजीको अधिकारिक सामाजिक संजालको माध्यमबाट सार्वजनिक गरेको छ।

विज्ञापनमा नेपालका चर्चित कलाकारहरुलाई प्रयोग गरी एक पारिवारिक सम्बन्ध र भावनालाई प्रस्तुत गरिएको छ । विज्ञापनमा मुख्य आमा छोराको सम्बन्ध, माया देखाउनुका साथै कसरी एउटा वाशिङ मसिनले परिवारमा खुशीयाली ल्याउनुका साथै छोराले आमाप्रति माया र हेरचाह गर्नुपर्ने देखाइएको छ ।

यो विज्ञापन नेपाली परिवार र मौलिकतामा आधारित रही भावनात्मक रुपले प्रस्तुत गरिएको छ ।  यस वाशिङ मेसिनमा एआई डीडी टीएम जस्ता सबैभन्दा नयाँ प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउने एलजीले जनाएको छ । 

कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने एलजीले दाबी गरेको छ । एलजीले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘यस वाशिङ मेसिनमा स्टिम प्लस टीएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्छ र हाइजेनिक वाश दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउँदछ । टर्बो वास टीएम ३६० डिग्री रहेको यस मेशिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पूरा गर्दछ जसले बिजुली र समयको बचत गर्छ, साथै यस वाशिङ मेसिनमा १० वर्षको वारेण्टी रहेको छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ