arrow

डाक्टर पढिरहेका सिद्धार्थ 'सुइसाइड नोट' सहित मृत भेटिए  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
dead2.jpg

नेपालगञ्ज । बाँकेमा डाक्टर पढिरहेका एक विद्यार्थी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ रानीतलाउ निवासी २५ वर्षीय सिद्धार्थ वैश्य मेडिकल कलेजको चिसापानीस्थित छात्रावासमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

वैश्यको शव पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको मल्लले बताए । 'सुइसाइड नोट' भेटिएकाले उनले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ